• ट्रेण्डिङ:

हरमटारमा निःशुल्क स्वास्थ्य शिविर सुरु, १४३ सर्वसाधारणको उपचार 

हरमटारमा निःशुल्क स्वास्थ्य शिविर सुरु, १४३ सर्वसाधारणको उपचार 

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 3.7K
    SHARES
  • हरमटारमा निःशुल्क स्वास्थ्य शिविर सुरु, १४३ सर्वसाधारणको उपचार 

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबारदेखि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सुरु गरेको हो ।

    स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै आयोजना गरिएको शिबिरको पहिलो दिन १४३ सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए । शिबिरको पहिलो दिन ३० जनाको दाँत चेक गरिएकोमा ११ जनाको १८ वटा दाँत फुकालिएको छ ।

    यस्तै, १३ जना मोतियाविन्दुको बिरामीको पहिचान गरिएको, ७० वर्ष नाघेका आँखाका १२ जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको, ३५ जनाको स्त्री रोग सम्वन्धी चेक गरिएको, १० जनाको पाठेघरको समस्या भएका महिलाको नमूना संकलन गरिएको, डायबिटिजका समस्या भएका ३० जनाको स्वास्थ्य परिक्षण गरिएको, १० जनाको पिसाव जाँच गरिएको, २५ जनाको भिडियो एक्स–रे गरिएको र १२ जना बालबच्चाको स्वास्थ्य परिक्षण गरिएको जनसेवा सामुदायिक अस्पतालले जनाएको छ । स्वास्थ्य शिबिर गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गरेका थिए । 

    दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत रावाबेँसीमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

    यसअघि फागुन ५ र ६ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क, फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला र फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई/दुई दिनको स्वास्थ्य शिबिर आयोजना गरिएको थियो । पाथेकामा आयोजना गरिएको शिबिरमा ५८० सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् ।

    स्वास्थ्य शिबिरमा एक जना एमडिजिपी, दुई जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका छन् ।

    स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । 

    जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले आगामी फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - २०:१८:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको