• ट्रेण्डिङ:

माछा मार्नेक्रममा करेन्ट र विष प्रयोग नगर्न माग 

माछा मार्नेक्रममा करेन्ट र विष प्रयोग नगर्न माग 

रोदिक खबर

१६, फाल्गुण २०७७
  • 6.0K
    SHARES
  • माछा मार्नेक्रममा करेन्ट र विष प्रयोग नगर्न  माग 

    खोटाङ । जनता समाजवादी पार्टी खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र व्लाष्टिङ गर्ने लगायतका गतिविधि नगर्न आग्रह गरेको छ ।

    विष, करेन्ट र व्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदारण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यवरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकार, प्रशासन लगायतको ध्यानाकर्षण गराएको छ । 
    शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सुरक्षा दलले स्थानीय खोलामा भएका माछालाई आयआर्जनको माध्यमका रुपमा विकास गर्ने खालका कार्यक्रम सञ्चालनको माग गरेको छ ।

    जिल्लाको रावा खोला, साप्सु खोला, वुवाँ खोला, टुवा खोला, सावा खोला तथा अन्य साना खोलाखोल्सीमा भएका माछालाई जैविक विविधतामा असर नपुग्नेगरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्नेगरी जनचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुरक्षा दलका संयोजक टिकाराम राईले बताए ।

    खोलामा रहेका माछालाई पर्यवरणमा असर नपुग्नेगरी मार्ने र खोलामा भएका माछा, पाहा, पन्छी जस्ता जलचरलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको सुरक्षा दलले जनाएको छ ।

    जिल्लामा मत्स्य पर्यटन विकासका लागि माछा मार्ने उपयुक्त समय र विधिका बारेमा पालिका–पालिकामा कार्यशाला सञ्चालन गर्दै जनचेतना अभिवृिद्धका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुरक्षा दलको धारणा छ । 

    स्वादिलो र सबैको रोजाईमा पर्ने असला जस्ता माछालाई जिल्लाकै बलियो आय श्रोतको माध्यम बनाउन तथा पर्यटकीय आकर्षणको रुपमा पनि विकास गर्न सकिने संयोजक राईले बताए । 

    गत पुस २५ गते गठन गरिएको १०१ सदस्यीय सुरक्षा दलले पर्यवरणको संरक्षण गर्दै खोलाको माछा मार्ने उपयुक्त विधि अवलम्बन गर्नका लागि जिल्ला स्तर र पालिकास्तरमा सचेतनामुलक कार्यशालाको आवश्यकता औंल्याएका छन् ।

    विकास निर्माणका नाममा अनावश्यक शीर्षकमा लाखौं रकम खर्च गरिरहेको स्थानीय सरकारले हालसम्म माछाको संरक्षण गर्दै आर्थिक आम्दानीको माध्यमका रुपमा विकास गर्नमा भने ध्यान नदिएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राईले बताए । 

    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:३७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको