• ट्रेण्डिङ:

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किँदै

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किँदै

रोदिक खबर

१८, फाल्गुण २०७७
  • 1.6K
    SHARES
  • पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किँदै

    काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् ।

    स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ ।

    न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि यही फागुन ९ गते नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

    बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई/तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । भट्टराईको यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - ०८:१०:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको