• ट्रेण्डिङ:

प्रचण्ड- माधव समूहद्वारा सुवास नेम्वाङसहित ७ जनामाथि कारबाही

प्रचण्ड- माधव समूहद्वारा सुवास नेम्वाङसहित ७ जनामाथि कारबाही

रोदिक खबर

१९, फाल्गुण २०७७
  • 3.7K
    SHARES
  • प्रचण्ड- माधव समूहद्वारा सुवास नेम्वाङसहित ७ जनामाथि कारबाही

     काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेतालाई कारबाही गरेको छ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेतालाई कारबाही गरेको हो।

    नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:३०:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको