• ट्रेण्डिङ:

सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता, वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता, वार्ता सकारात्मक

रोदिक खबर

१९, फाल्गुण २०७७
  • 2.1K
    SHARES
  • सरकार र विप्लव समूहबीच बालुवाटारमै पहिलो वार्ता, वार्ता सकारात्मक

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।

    झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए।

    विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो। वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जनाए।

    दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

    प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:४७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको