• ट्रेण्डिङ:

स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर स्थापना 

स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर स्थापना 

रोदिक खबर

२०, फाल्गुण २०७७
  • 3.2K
    SHARES
  • स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर स्थापना 

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । सुरक्षित तरिकाले सुत्केरी गराउँदै आमा र नवजात शिशुको जीवन रक्षाका लागि बुधबार स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

    आवश्यक जनशक्ति, उपकरण एबं औषधिको व्यवस्था गरेर सुरु गरिएको बर्थिङ सेन्टर गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् । सिमपानीमा स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिकाभरीकै पाँचौं बर्थिङ सेन्टर हो ।

    सुरक्षित तरिकाले सुत्केरी गराउने स्वास्थ्य संस्थाको अभावमा कतिपय आमा र बच्चाले अकालमा ज्यान गुमाइरहेको तथ्यलाई मध्यनजर गर्दै गाउँपालिकाका ९ वटै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने अभियान थालिएको गाउँपालिका अध्यक्ष राईले बताए । 
    स्थानीय सरकार कार्यान्वयनमा आएसँगै सुरु गरिएको बर्थिङ सेन्टर स्थापना अभियानकाक्रममा यसअघि खोटेहाङ गाउँपालिका–३, सावाकटहरे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा बर्थिङ सेन्टर स्थापना गरिसकिएको छ ।

    हरेक स्वास्थ्य चौकीको नयाँ भवन निर्माणसँगै बर्थिङ सेन्टर स्थापनाको काम अघि बढाइएको हो । यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित बर्थिङ सेन्टरबाट औपचारिक रुपमा उद्घाटन अगावै सेवा प्रवाह भइरहेको छ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा पनि बर्थिङ सेन्टर उद्घाटन गर्न मात्र बाँकी छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा स्वास्थ्य चौकीको भवन निर्माणका लागि टेण्डर खुलाइएको छ ।

    वाप्लुखामा स्वास्थ्यचौकीको भवन निर्माणपछि बर्थिङ सेन्टर स्थापना गरिने गाउँपालिकाले जनाएको छ । यस्तै, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा पनि बर्थिङ सेन्टर स्थापनाको विषयमा योजना बनिरहेको गाउँपालिका अध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १३:२३:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको