• ट्रेण्डिङ:

विप्लव समूहले हिंसा छोड्यो, सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

विप्लव समूहले हिंसा छोड्यो, सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

रोदिक खबर

२०, फाल्गुण २०७७
  • 4.3K
    SHARES
  • विप्लव समूहले हिंसा छोड्यो,  सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

    काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

    सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

    सम्पूर्ण बन्दी रिहाई गरिने सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।

    वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १५:१९:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको