खोटाङ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले वर्तमान निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा आयोजित जनता समाजवादीको अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता राईले वर्तमान निर्वाचन प्रणालीले देशमा विकृति मौलाएका कारण खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
‘अहिले इमान्दार र विपन्न वर्गका नेता कार्यकर्ताले चुनावमा उठ्ने र जित्न सक्ने अवस्था छैन । यसबाट उत्पीडित समुदायको प्रतिनिधित्व नहुने अवस्था सिर्जना भएको छ,’ वरिष्ठ नेता राईले भने, ‘त्यस कारण अहिलेको यो निर्वाचन प्रणाली खारेज गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुको विकल्प छैन ।’
बरिष्ठ नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेका कारण मुलुकमा अस्थिरता सिर्जना भएको बताएका छन् । पार्टीको आन्तरिक द्धन्द्ध समाधान गर्न नसकेकै कारण प्रधानमन्त्री ओलीले सनकमा संसद विघटन गर्दा देशमा अस्थिरता सिर्जना भएको नेता राईको आरोप छ ।
वरिष्ठ नेता राईले वर्तमान संबिधान विभेदकारी भएकाले संशोधन गर्दै सबैको अपन्नत्व हुने बनाउन निरन्तर संघर्ष गर्ने स्पष्ट पारेका छन् । ‘शेरबहादुर देउवा र प्रचण्ड संबिधान संशोधन गर्न सकारात्मक हुनुभयो । के
पी ओलीले समेत संशोधन गर्छु भनेर दुई बुँदे सहमति गर्नु भयो, तर धोका दिनु भयो,’ वरिष्ठ नेता राईले भने, ‘संविधान विभेदकारी छ/छैन भन्ने व्यक्तीसँग हामी संबिधानको धारा–धारा पल्टाएर बहस गर्न तयार छौँ । संबिधानमा विभेद भएकै कारण मैले त्यो संबिधानमा हस्ताक्षर गरिनँ, मेरो हस्ताक्षर छैन ।’