• ट्रेण्डिङ:

३ लाख ४८ हजार डोज कोभ्याक्स सुविधाको कोरोना खोप काठमाडौं आइपुग्यो

३ लाख ४८ हजार डोज कोभ्याक्स सुविधाको कोरोना खोप काठमाडौं आइपुग्यो

रोदिक खबर

२३, फाल्गुण २०७७
  • 4.4K
    SHARES
  • ३ लाख ४८ हजार डोज  कोभ्याक्स सुविधाको कोरोना खोप काठमाडौं आइपुग्यो

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो ।

    स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

    प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - १२:५३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको