• ट्रेण्डिङ:

खोटाङमा जनता समाजवादीले पायो पूर्णता  

खोटाङमा जनता समाजवादीले पायो पूर्णता  

रोदिक खबर

२४, फाल्गुण २०७७
  • 3.8K
    SHARES
  • खोटाङमा जनता समाजवादीले पायो पूर्णता  

    खोटाङ । अशोक राईको गृह–जिल्ला खोटाङमा संघीय समाजवादी फोरम र राजपालाई जनता समाजवादीमा रुपान्तरणको प्रकृया पुरा गरिएको छ ।

    जिल्लाका १० पालिका स्तरीय कमिटिको रुपान्तरण टुंग्याइएको केही समयपछि सोमबार संघीय समाजवादी फोरम र राजपाको जिल्ला कमिटिलाई औपचारिक रुपमा जनता समाजवादीमा रुपान्तरणको घोषणा गरिएको हो । 
    राजपाको संगठन नभएको जिल्लामा साविकको संघीय समाजवादीको जिल्ला समन्वय समितिलाई नै जनता समाजवादीमा रुपान्तरण गरिएको छ ।

    पार्टीका बरिष्ठ नेता अशोक राई र केन्द्रिय कार्यकारिणी सदस्य एबं प्रशिक्षण विभाग प्रमुख हेमराज राईको उपस्थितिमा साविकको संघीय समाजवादीका अध्यक्ष टंक थापाकै अध्यक्षतामा १५१ सदस्यीय जसपाको नयाँ जिल्ला कमिटि बनाइएको छ । जनता समाजवादी पार्टीको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, बशन्ती राई र नविनकिशोर राई, सचिवमा देवकुमार राई र जीवराज पोखरेल, सह–सचिवमा टिकाराम राई, आशिष राई र बिरेन्द्र दर्नाल तथा कोषाध्यक्षमा सावित्री राईले जिम्मेवारी पाएका छन् । 

    पार्टी रुपान्तरण सँगै जनता समाजवादीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कार्यकर्तालाई जसपाका बरिष्ठ नेता राई, कार्यकारिणी सदस्य एबं प्रशिक्षण विभाग प्रमुख राई र केन्द्रिय सदस्य देवराज राईले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा जसपाका केन्द्रिय सदस्य डा.केके राई, सनबहादुर राई, भीम राई, प्रदेश उपाध्यक्ष घनश्याम कट्वाल लगायतका नेताको उपस्थिति रहेको थियो । खोटाङमा २०७५ साल चैत ३ गते संघीय समाजवादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको थियो । 

    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २०:३१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको