• ट्रेण्डिङ:

नेकपाको बोर्ड हटाएर खोटाङमा राखियो नेकपा एमालेको बोर्ड

नेकपाको बोर्ड हटाएर खोटाङमा राखियो नेकपा एमालेको बोर्ड

रोदिक खबर

२५, फाल्गुण २०७७
  • 7.7K
    SHARES
  • नेकपाको बोर्ड हटाएर खोटाङमा राखियो नेकपा एमालेको बोर्ड

    खोटाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा एमालेका कार्यकर्ताले दिक्तेलमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

    सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि मंगलबार नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगालको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर  जिल्ला कमिटिको कार्यालय खोटाङ लेखिएको बोर्ड राखेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भवनगैराको पुष्पलाल मार्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो ।

    नेकपा विभाजनपछि ओली समूहले लगाएको ताला सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको फैसला हुने वित्तिकै आइतवार खुलेको थियो । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

    प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १२:५५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको