• ट्रेण्डिङ:

जन्तेढुंगामा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो

जन्तेढुंगामा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो

रोदिक खबर

२६, फाल्गुण २०७७
  • 3.4K
    SHARES
  • जन्तेढुंगामा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो

     खोटाङ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि जिल्ला जिल्लामा आ–आफ्नै पार्टीको बोर्ड राख्ने होड चलेको छ । खोटाङमा पनि साविकको एमालेले जिल्ला कमिटिको पार्टी कार्यालयदेखि पालिका कमिटिको कार्यालयमा एमालेको बोर्ड राख्ने क्रम सुरु गरेको छ ।

    जिल्लाका १० स्थानीय तहमध्ये बुधबार नेकपाको जन्तेढुंगा गाउँपालिका कमिटिको चिसापानीस्थित नेकपाको कार्यालयमा नेकपा उल्लेखित बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ ।

    सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिँदै एमाले र माओबादी केन्द्र व्यूँताएपछि एमालेको बोर्ड राखिएको एमालेका जन्तेढुंगा गाउँ पालिका कमिटिका अध्यक्ष याम राईले बताए ।

    एमाले निर्वाचन क्षेत्रीय समन्वय समितिका सदस्य निश्चल खड्का, खोटेहाङ गाउँपालिका कमिटिका सचिव बिकास राई, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । 

    प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - २३:४१:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको