• ट्रेण्डिङ:

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको निर्णय

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको निर्णय

रोदिक खबर

२८, फाल्गुण २०७७
  • 2.9K
    SHARES
  • एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको निर्णय

    काठमाडौं । नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

    शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’ ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ ।

    यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । भुसालले भने ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ ।

    प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २१:१८:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको