नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्। सत्तारुढ एमाले अध्यक्ष ओलीको एकल निर्णयपछि गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका हुन्।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना सकिएको छ । नेता गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो कुरा उल्लेख गरेका हुन्।
सुवेदीले लेखेका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’ ओलीले शुक्रबार एकैदिन केन्द्रीय समितिका बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णयका साथै एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका हुन्। जसले गर्दा उपाध्यक्ष गौतमको पद पनि स्वतः समाप्त भएको छ।