• ट्रेण्डिङ:

लोकतन्त्रकाे रक्षाका लागि कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आयोः देउवा

लोकतन्त्रकाे रक्षाका लागि कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आयोः देउवा

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 1.8K
    SHARES
  • लोकतन्त्रकाे रक्षाका लागि कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आयोः  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेको भन्दै प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताएका हुन् । 

    प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ उनले भने, ‘भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’ नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको देउवाले दाबी गरे ।

    अरु राजनीतिक पार्टीहरु प्रजातन्त्रवादी नै नभएको उनको आरोप छ । कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइपर्‍यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्‍याए । ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’ उनले भने । देउवाले महिला मतदातालाई कांग्रेसमा आकर्षित गराउनुपर्नेमा समेत जोड दिए ।

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १९:२०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको