• ट्रेण्डिङ:

खनाल-नेपाल पक्षले राष्ट्रिय भेलाका लागि तोक्यो प्रदेश इन्चार्ज

खनाल-नेपाल पक्षले राष्ट्रिय भेलाका लागि तोक्यो प्रदेश इन्चार्ज

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 5.3K
    SHARES
  • खनाल-नेपाल पक्षले राष्ट्रिय भेलाका लागि तोक्यो प्रदेश इन्चार्ज

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ ।

    पूर्वप्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

    यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । ‘यो स्थायी इन्चार्जको जिम्मेवारी भने होइन’ एमालेका एक नेता भन्छन्, ‘चैत ४ र ५ गतेको अभियानका लागि मात्रै हो ।’ बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - २०:३७:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको