शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 3.4K
    SHARES
  • माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

     काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

    सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् । बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए ।

    पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।

    २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यँुताएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह माओवादी केन्द्रमा फर्किएका छैनन् ।

    शुक्रबार एमाले अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । बादललाई बागमती प्रदेशको इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - २१:३५:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको