खोटाङ। नेकपा एमाले खोटाङ –काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा नबराज रोका चयन भएका छन् । काठमाडौंको मिनभबन क्राउन बैक्वेटमा शनिबार भएको भेलाले रोकाको अध्यक्षमा ७७ सदस्यीय कमिटि चयन गरेको हो । कमिटिको सचिवमा राजकुमार राईचयन भएका छन् ।
नेकपा प्रचार बिभाग प्रमुख तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश नं १ सम्पर्क कमिटि अध्यक्ष ईन्द्र भण्डारी, प्रदेश सांसद महिला नेतृ उषाकला राई, एमाले नेता कर्ण घले, नेता पिके राई, एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेता देबविक्रम राई, नेता कुमार आचार्य, युवा संघका अध्यक्ष रमेश पौडेल, विद्यार्थी नेता भिम राई, अनेम संघ खोटाङ ईन्चार्ज तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेबी राई, सिताराम अधिकारी, लिला राई लगाएतले निर्बाचित कमिटिलाई बधाई तथा शुभकामना दिएका थिए ।