• ट्रेण्डिङ:

कसैलाई धम्कीपूर्ण अभिव्यक्ति नदिएको गाउँपालिका अध्यक्षको स्पष्टोक्ति 

कसैलाई धम्कीपूर्ण अभिव्यक्ति नदिएको गाउँपालिका अध्यक्षको स्पष्टोक्ति 

रोदिक खबर

१२, चैत्र २०७७
  • 2.7K
    SHARES
  • कसैलाई धम्कीपूर्ण अभिव्यक्ति नदिएको गाउँपालिका अध्यक्षको स्पष्टोक्ति 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले ढल तथा खानेपानी व्यवस्थापन योजनाको विषयमा कोही कसैलाई धम्की दिने र गालीगलौज गर्ने कार्य नगरेको बताएका छन् ।

    जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारको ढल तथा खानेपानी व्यवस्थापन समितिको चैत ६ गतेको बैठक लगत्तै गाउँपालिका अध्यक्ष राईले चिसापानीको बिपीचोकमा टिकाप्रसाद रेग्मीलाई सार्वजनिकस्थलमा धम्की सहित गालीगलौज गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङका सभापति तीर्थराज भट्टराई, कांग्रेसको जन्तेढुंगा गाउँपालिकाका स्थानीय छायाँ सरकार अध्यक्ष खेमबहादुर खड्का, कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–इन्चार्ज वीरबल किराती र जनता समाजवादीका प्रदेश सदस्य देवेन्द्र श्रेष्ठले विज्ञाप्ति जारी गर्दै विरोध जनाएपछि गाउँपालिकाका प्रवक्ता शुखदेव राईले बुधबार विज्ञाप्तिमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिने, हप्काउने र गाली बेइज्जत गर्ने कार्य नभएको दावी गरेका हुन् । 


    आफ्नो ओहोदा, मर्यादा र कर्तव्यबाट च्यूत हुँदै बहुलट्ठीपन, सत्ता उन्माद र अकर्मण्यतापूर्ण चरित्र देखाएको आक्षेप लागेको भोलीपल्टै गाउँपालिका अध्यक्ष राईले प्रवक्तामार्फत आरोपको खण्डन गरेका हुन् । विभिन्न राजनैतिक दलको नाममा गाउँपालिका अध्यक्षको बदनाम गराउने उद्धेश्यले षडयन्त्रपूर्वक जारी गरिएको विज्ञाप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता राईले भ्रमपूर्ण प्रचारको पछाडि नलाग्न अनुरोध गरेका छन् ।

    आग्रह पूर्वाग्रह बिना गाउँपालिका अध्यक्षको नेतृत्वमा विकासको गति अघि बढिरहेको देखेर बदनाम गराउने नियतले प्रचारबाजी भइरहेको गाउँपालिका प्रवक्ताको विज्ञाप्तिमा उल्लेख छ ।

    ‘गाउँपालिका अध्यक्षले कोही कसैलाई पनि धम्कीपूर्ण अभिव्यक्ति दिने, हप्काउने, गाली बेइज्जत गर्ने कुनै प्रकारको कार्य नगरेको व्यहोरा अवगत गराउन चाहन्छौँ,’ विज्ञाप्तिमा भनिएको छ, ‘आग्रह पूर्वाग्रह बिना विकासको गति तीव्र अघि बढिरहेको देखेर गाउँपालिका अध्यक्षलाई बदनाम गराउने नियतले विभिन्न प्रचारबाजी भइरहेकाले यस्ता प्रकारका भ्रमपूर्ण प्रचार पछाडि नलाग्न अनुरोध गर्दछौँ ।’ विज्ञाप्तिमा पालिकाको विकास र संमृद्धिमा लागिरहने र पारदर्शी हिसावले आफ्ना गतिविधि अगाडि बढाइरहने प्रतिवद्धता गरिएको उल्लेख छ । 

    चिसापानीको वीपी चोकमा रेग्मीलाई गालीगलौज गरिएको विषयमा क्षेत्रीय सभापति भट्टराई, छायाँ सरकार अध्यक्ष खड्काले एकल तथा कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–इन्चार्ज किराती र जनता समाजवादीका प्रदेश सदस्य श्रेष्ठले मंगलबार संयुक्त विज्ञाप्ति जारी गरेका थिए ।

    वीपी चोकमा एक जना परिचितसँग बैठकको समिक्षा गरिरहेको अवस्थामा गाउँपालिका अध्यक्षले गालीगलौज गरेको रेग्मीको दावी छ । गाउँपालिका अध्यक्ष राईले भने बैठकमा हस्ताक्षर गरेर बाहिर निस्केपछि चोक–चोकमा तथानाम गाली गरिरहेको पाइएकाले हप्काएको बताए । 

    विपक्षी दलको विज्ञाप्तिमा सार्वजनिकस्थलमा गालीगलौज गरेका गाउँपालिका अध्यक्षले माफी माग्नु पर्नेदेखि विभिन्न योजनाको हिसाव किताव स्पष्ट पार्नुपर्ने माग गरेका छन् । 

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १०:४१:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको