• ट्रेण्डिङ:

कोरोना संक्रमण तथा मृत्यु दर बृद्धि हुन थालेपछि खोटाङमा सुरक्षा सतर्कता 

कोरोना संक्रमण तथा मृत्यु दर बृद्धि हुन थालेपछि खोटाङमा सुरक्षा सतर्कता 

रोदिक खबर

१२, चैत्र २०७७
  • 3.2K
    SHARES
  • कोरोना संक्रमण तथा मृत्यु दर बृद्धि हुन थालेपछि खोटाङमा सुरक्षा सतर्कता 

    खोटाङ । भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्यु दर बृद्धि हुन थालेपछि खोटाङमा पनि सुरक्षा सतर्कता अनपाइएको छ । छिमेकी देश भारतमा दिनानुदिन संक्रमितको संख्या थप भइरहेको तथा मृत्यु दर बृद्धि भइरहेको अवस्थामा खुला सीमाका कारण संक्रमितको सहज आवत–जावत हुँदा संक्रमण भित्रिने खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठकले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । 

    गृह–मन्त्रालयको फागुन ९ गतेको पत्र तथा स्वास्थ्य मन्त्रालयको फागुन ८ गतेको प्रेस विज्ञाप्तीमार्फत आम नागरिकलाई सजग र सतर्क रही जनस्वास्थ्यको मापदण्ड पालना गराउन अनुरोध गरिए बमोजिम जिल्लामा कोभिड–१९ को संक्रमण बढ्न नदिन सतर्कता अपनाउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव एबं स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 

    पुरानो क्वारेन्टिन र आइसोलेसन वार्ड पुःन जगाइने 


    कोभिड संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले कोभिड–१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गरी यसअघि सञ्चालनमा ल्याइएको माटिकोरेस्थित कवर्ड हलमा स्थापना गरिएको क्वारेन्टिन र जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डलाई तयारी अवस्थामा राख्ने, जिल्लाका स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गर्ने, सबै स्थानीय तहको स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवा अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । 

    विदेशबाट आउने व्यक्ति होम क्वारेन्टीनमा बस्नुपर्ने 

    बैठकमा विदेशबाट जिल्ला प्रवेश गर्ने व्यक्तीको अभिलेख सम्वन्धित स्थानीय तहले राख्ने र सो सम्वन्धी जानकारी प्रशासनलाई उपलव्ध गराउने, विदेशबाट आएर जिल्ला प्रवेश गर्ने व्यक्तीलाई अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

    यस्तै, सेवा प्रवाहका क्रममा सेवा प्रदायक तथा सेवाग्राही सबैले मास्क अनिवार्य प्रयोग गर्ने, समय–समयमा सेनीटाइजर लगाउने तथा सावुन पानीले हात धुने व्यवस्था मिलाउने, बैठक, सेमीनार गर्दा भौतिक दुरी तथा स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने निर्णय गरिएको छ ।

    रात्रीकालिन समयमा सञ्चालन हुने व्यवसाय जनस्वास्थ्यका मापदण्ड तथा भौतिक दूरी कायम गरी बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, घर बाहिर निस्कनु परेमा अनिवार्य मास्क लगाउने लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका लागि नागरिकलाई सचेत गराउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने व्यक्तीलाई निन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । 

    स्वास्थ्य कार्यालयले कोभिड–१९ को परिक्षण गराई संक्रमणको अवस्था पहिचानको व्यवस्था गर्ने, त्यसका लागि स्वास्थ्य कार्यालयले कोभिड–१९ को एन्टिजिन परिक्षणको लागि पहल गर्ने, कोभिड–१९ को संक्रमण थप फैलिन नदिन जनचेतनामुक सन्देश प्रशारण गर्नका लागि सञ्चारमाध्यमलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । 

    भीडभाड नगरी होली मनाउन आग्रह 


    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले आउँदै गरेको होलीको अवशरमा भीडभाड नगरी भौतिक दूरी कायम गरी घरमा बसेर परिवारका सदस्यबिचमा मात्र मनाउन आग्रह गरेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख वविी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल लगायतको उपस्थिति थियो । 

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २१:४६:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको