शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, उषाकला बनिन सामाजिक विकास मन्त्री

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, उषाकला बनिन सामाजिक विकास मन्त्री

रोदिक खबर

१३, चैत्र २०७७
  • 3.8K
    SHARES
  • प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, उषाकला बनिन सामाजिक विकास मन्त्री

     विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् ।

    यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

    मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् ।

    थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - १९:५१:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको