बुधवार, कार्तिक १९ गते २०८३

अग्नी पीडित परिवारलाई राहत प्रदान

अग्नी पीडित परिवारलाई राहत प्रदान

रोदिक खबर

१५, चैत्र २०७७
  • 2.9K
    SHARES
  • अग्नी पीडित परिवारलाई राहत प्रदान

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले दुई अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ । विद्युत सर्ट हुँदा गत चैत ६ गते भएको आगलागीबाट विस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका थामबहादुर राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पोक्लुका अग्नी पीडित हर्कबहादुर राईलाई प्रदान गरेको हो ।

    गाउँपालिकाले खोक्माका थामबहादुरलाई राहत स्वरुप पाल र नगद २० हजार प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले अग्नी पीडित राईलाई जलेको घरमा पुगेर राहत प्रदान गरेका हुन् ।

    गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खकलुङ युनाइटेड क्लवका सचिव प्रताप राई, कोषाध्यक्ष रमेश राई लगायतको उपस्थितिमा अग्नी पीडितलाई राहत प्रदान गरिएको हो ।

    राईको घर तथा घरमा भएका अन्न, भाँडाकुँडा, काठ लगायत जल्दा अन्दाजी ७ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । राईको घरमा राखिएको सयपत्री आमा समुहको मारुनी नाच समुहको १०१ वटा थाल, आरी, किट्ली लगायतका मालसामान जलेका थिए । 

    यस्तै, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पोक्लुका अग्नी पीडित हर्कबहादुर राईलाई स्वेच्छिक चन्दा संकलन गरेर राहत प्रदान गरिएको छ । गत चैत १३ गते दिक्तेलमा बसेको एमाले जिल्ला कमिटिको बैठकमा सहभागी नेता तथा कार्यकर्ताबाट २३ हजार ७६५ रुपैयाँ संकलन गरेर राईलाई प्रदान गरिएको हो ।

    rahat for fire victims from khakalung & sapteswor photo_khotang1.jpg

    ३४ जना दाताबाट संकलन गरिएको राहत रकम एमाले नेता बज्रकुमार राईको हातबाट पीडितलाई प्रदान गरिएको छ । युवा नेता माइतीराज राईको अगुवाईमा अग्नी पीडितको सहयोगार्थ सहयोग संकलन अभियान चलाइएको थियो । चैत १२ गते भएको आगलागीबाट राई परिवार विस्थापित भएका हुन् । 

    प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०९:२३:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको