• ट्रेण्डिङ:

राष्ट्रिय शिक्षक समाजको अध्यक्षमा धनीराम 

राष्ट्रिय शिक्षक समाजको अध्यक्षमा धनीराम 

रोदिक खबर

१५, चैत्र २०७७
  • 2.9K
    SHARES
  • राष्ट्रिय शिक्षक समाजको अध्यक्षमा धनीराम 

    खोटाङ । खोटाङमा संघीय शिक्षक फोरम र शिक्षक समाजको समायोजन गरिएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकरण गरेर समाजवादी पार्टी बनेको वर्षौं समय बितेपछि जिल्लामा उनीहरु निकट शिक्षक संगठनको समायोजन गरिएको हो ।

    संघीय समाजवादी फोरम निकट संघीय शिक्षक फोरम र नयाँ शक्ति निकट शिक्षक समाजलाई समायोजन गर्दा बनेको राष्ट्रिय शिक्षक समाज नेपालको जिल्ला अध्यक्षमा धनीराम राई चुनिएका छन् ।

    २१ सदस्यीय राष्ट्रिय शिक्षक समाजको उपाध्यक्षमा गणेश तिम्सिना, उर्मिला राई र महेन्द्र राई, सचिवमा मनकुमारी राई, सह–सचिवमा शुभकुमार राई र रामकुमार राई तथा कोषाध्यक्षमा जसु राई चयन भएका छन् ।

    समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी बनेको पनि लामो समय वितिसकेको अवस्थामा बल्ल राष्ट्रिय शिक्षक समाजको समायोजन समिति बनाइएको हो । समाजवादी पार्टी निकट राष्ट्रिय शिक्षक समाज र राजपा निकट शिक्षकको समायोजन गर्न बाँकी नै छ । 

    जनता समाजबादीका केन्द्रिय निर्वाचन आयोगका सदस्य एवं पूर्व शिक्षक बीरबहादुर राई, जसपाका प्रदेश समिति सदस्य नविन राई, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मनी राई, पिके खम्बू, संघीय शिक्षक फोरमका केन्द्रिय सचिवालय सदस्य देवकुमार राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य रबिन खम्बू लगायतको उपस्थितिमा संघीय शिक्षक फोरम र शिक्षक समाजको समायोजन टुंग्याइएको हो । 

    प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - २१:२७:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको