• ट्रेण्डिङ:

माधव नेपाल समूहको संगठन विस्तार तथा सुदृढीकरण अभियान शनिबार घोषणा गर्ने

माधव नेपाल समूहको संगठन विस्तार तथा सुदृढीकरण अभियान शनिबार घोषणा गर्ने

रोदिक खबर

२०, चैत्र २०७७
  • 3.4K
    SHARES
  • माधव नेपाल समूहको संगठन विस्तार तथा सुदृढीकरण अभियान  शनिबार घोषणा गर्ने

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि शनिबार घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ ।

    नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

    कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ ।

    यसकोे निन्दा र भत्र्सना गर्छौं ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।

    उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए । नेपाल समूहका नेताहरुले भने कारबाहीको कुनै अर्थ नहुने बताउँदै आएका छन् ।

    नेपाल समूहका नेताहरुको बैठकमा चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ ।

    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - १७:०७:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको