काठमाडाैं : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा रुपन्देही सैनामैनाका २८ वर्षीय यादव खनाल र लमही नगरपालिकाका २९ वर्षीय अतिराम चाैधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरीले जानकारी दिएको हो।
सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए। घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ।