खोटाङ । नेकपा एमालेभित्रको किचलो तल्लो कमिटिसम्म पुगेको छ । एमालेभित्रको आन्तरिक द्वन्द्व चुलिँदै गएको अवस्थामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ववि चाम्लिङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटि मातहतको नगर कमिटि गठन गरिएको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकले यादवसेन राईको अध्यक्षतामा ६१ सदस्यीय एमाले नगर कमिटि गठन गरेको हो । एमालेका केन्द्रिय सदस्य एबं प्रदेश सांसद राजन राईको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति खोटाङका सदस्य एवं एमाले प्रदेश कमिटि सदस्य उदयवहादुर कार्कीको विशेष आतिथ्यतामा भएको बैठकले ५ पदाधिकारी, २१ सचिवालय र ३५ सदस्य समेटिएको नगर कमिटि गठन गरेको जनाएको छ ।
नगर कमिटिको उपाध्यक्षमा दिलवहादुर विक, सचिवमा हरि चाम्लिङ, उप–सचिवमा टंकप्रसाद पोखरेल र आर्थिक विभाग प्रमुखमा निमा शेर्पा चयन भएका छन् ।
जिल्ला कमिटि सचिव जलसेर राई, आर्थिक विभाग प्रमुख राजनप्रसाद आचार्य, सचिवालय सदस्य तथा जिल्ला कमिटि सदस्यको उपस्थितिमा नगर कमिटि गठन गरिएको अध्यक्ष राईले बताए ।