• ट्रेण्डिङ:

डढेलोले जलेर बृद्धाको मृत्यु 

डढेलोले जलेर बृद्धाको मृत्यु 

रोदिक खबर

२६, चैत्र २०७७
  • 4.7K
    SHARES
  • डढेलोले जलेर बृद्धाको मृत्यु 

    खोटाङ । डढेलोले जलेर खोटाङमा बृद्धाको मृत्यु भएको छ । स्थानीय तारेभीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरको मृत्यु भएको हो । बुधबार दिउँसो जंगलमा लागेको डढेलोको लप्काले भेट्दा बृद्धाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा बृद्धाको जलेर मृत्यु भएको सुन्तलेका वडाध्यक्ष अमरबहादुर आलेमगरले बताए । 
    उनलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । वृद्धाको उद्धारकाक्रममा दुई जना घाईते भएको वडाध्यक्ष मगरले बताए । डढेलो वस्ती नजिक आएपछि अन्य स्थानीय भने कपडा भिजाएर घरको छानामा राखेर बसिरहेको अवस्थामा बृद्धा भने डढेलो हेर्न पुगेको स्थानीयले बताएका छन् ।

    प्रहरीले घट्नास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । ‘बारीको डिलसम्म आएको डढेलो नजिक पुग्दा कपडाबाट आगो सल्केर डम्बरकुमारीको मृत्यु भएको हो,’ वडाध्यक्ष मगरले भने, ‘जलेको अवस्थामा उद्धार गरेर अस्पताल लैजाने तयारीकैक्रममा वृद्धाको मृत्यु भएको हो ।’ 

    प्रकाशित मिति :चैत्र २६, २०७७ बिहिवार - २०:१५:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको