बुधवार, कार्तिक १९ गते २०८३

आगलागीबाट एक परिवार विस्थापित 

आगलागीबाट एक परिवार विस्थापित 

रोदिक खबर

२९, चैत्र २०७७
  • 1.5K
    SHARES
  • आगलागीबाट एक परिवार विस्थापित 

    खोटाङ । आगलागीबाट खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका एक परिवार विस्थापित भएको छ । घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिव १ बजेको समयमा साविकको दिप्लुङ–५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो ।

    आफ्नो बुवा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकै रात घरमा आगलागी भएको हो । बुवा यौन दुव्र्यवहार आरोपमा पक्राउ परेपछि सपरिवार आफन्तकोमा बास बसेको अवस्थामा प्रकाशको घरमा आगलागी भएको स्थानीय युवा नेता जगत किरातीले जानकारी दिए । 

    आफन्तको घरमा बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट बिस्थापित ६ जनाको परिवार हाल गोठमा बसिरहेका छन् । 

    प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - ११:४७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको