• ट्रेण्डिङ:

खोटाङमा डुबेर एक जनाको मृत्यु

खोटाङमा डुबेर एक जनाको मृत्यु

रोदिक खबर

२, बैशाख २०७८
  • 2.1K
    SHARES
  • खोटाङमा डुबेर एक जनाको मृत्यु

    खोटाङ । खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो । राउतको बिहिबार दिउँसो नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुई जना साथीसँग नदीमा पुगेका राउतको शव पानीभित्रको ढुंगाको चेपमा अड्किएको अवस्थाबाट निकालिएको साउनेचौंरका वडाध्यक्ष शम्भु निरौलाले बताए । पौडी खेल्न नजान्ने उनी केही समय दुई जना साथी पौडी खेलेको तस्बिर खिचेर बसिरहेका थिए ।

    दुई जना साथी पौडी खेल्दै भंगालो तरेर नदीकोबिचको टापुमा पुगेपछि राउत पनि पौडी खेल्न नदीमा पसेको प्रत्यक्षदर्शीको भनाई छ । नदीमा पस्नुअघि उनले दुई जना साथी पौडी खेलिरहेको तस्बिर फेसबुकमा अपलोड गरिसकेको पाइएको अध्यक्ष निरौलाले बताए ।

    तस्बिर खिच्न छाडेर पौडी खेल्न नदीमा पस्ने वित्तिकै डुबेका राउतलाई निकाल्नका लागि लागि दुई जना साथी पौडेर आउँदा–आउँदै उनी पानीमा बेपत्ता भएका थिए । उनको शव डुबेको ठाउँभन्दा केही तल भेटिएको थियो । घट्नाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १७:१९:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको