काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल गरेको छ। मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै बिहीबार आठबुँदे अपिल जारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।
मन्त्रालयले ‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन समेत अपिल गरेको छ।