• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रोदिक खबर

५, बैशाख २०७८
  • 1.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जना संत्रमित भेटिएका हुन् ।

    संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - १८:२९:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको