• ट्रेण्डिङ:

खोटाङका एक जनालाई कोरोना संक्रमण पूष्टि

खोटाङका एक जनालाई कोरोना संक्रमण पूष्टि

रोदिक खबर

७, बैशाख २०७८
  • 4.5K
    SHARES
  • खोटाङका एक जनालाई कोरोना संक्रमण पूष्टि

    खोटाङ ।  खोटाङको खोटेहाङ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण भएको पूष्टि भएको छ । मंगलबार प्रदेश नम्बर १ मा ९७ जना कोरोना संक्रमित थप हुँदा खोटेहाङ गाउँपालिकाका एक जनामा संक्रमण पूष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    संक्रमितको नाम र ठेगाना खुलेको छैन । संक्रमितको बारेमा जानकारी नभएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । खोटेहाङ गाउँपालिकाबाट तराईमा बसोबास गरिरहेका व्यक्तिलाई कोरोना संक्रमण भएको पूष्टि अनुमान गरिएको छ ।

    मंगलबार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५२८ जनाको पीसीआर परिक्षण गर्दा ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

    प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - १९:५४:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको