• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

८, बैशाख २०७८
  • 2.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा २ हजार ३५१  जनामा कोरोना संक्रमण पुष्टि

     काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १८:१५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको