• ट्रेण्डिङ:

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु 

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु 

रोदिक खबर

१२, भाद्र २०७७
  • 1.8K
    SHARES
  • चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु 


    चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

    उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

    अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा। लम्सालले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - ०९:५५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको