बिहिवार, कार्तिक २० गते २०८३

फर्निचर उद्योगलाई सौन्दर्य कला व्यवसायीको राहत

फर्निचर उद्योगलाई सौन्दर्य कला व्यवसायीको राहत

रोदिक खबर

११, बैशाख २०७८
  • 1.9K
    SHARES
  • फर्निचर उद्योगलाई सौन्दर्य कला व्यवसायीको राहत

    सौन्दर्य कला व्यवसायी संघ खोटाङले अग्नी पीडितलाई राहतप्रदान गरेको छ । संघले अग्नी पीडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका गणेश फर्निचर उद्योगलाई राहत प्रदान गरेको हो ।

    शनिबार संघकी अध्यक्ष नितु राई उदासले उद्योगका प्रोपाईटर हर्कराज राईलाई १० हजार २० रुपैयाँ राहत रकम प्रदान गरेकी छन् । जिल्लामै आम ग्राहक वर्गको मन जित्न सफल फर्निचर उधोगलाई सहानुभूति स्वरुप सानो सहयोग गरिएको अध्यक्ष उदासले जानकारी दिईन् ।

    संघकी अध्यक्षसहित उपाध्यक्ष सावित्रा राई, सचिव भद्रा श्रेष्ठ, कोषाध्यक्ष मिना खत्री, सदस्यहरु पुष्पा राई, शोभा राई, लिलामाया मगर, उर्मिला भुजेल, लक्ष्मी राई, विनिता बस्नेतलगायत राहत प्रदानका लागि रत्नपार्कस्थित फर्निचर उद्योग पुगेका थिए ।

    यस्तै, आगलागीबाट विस्थापित उद्योगलाई यसअघि माटिकोरे टोलबासीले २५ हजार ६५० रुपैयाँ राहत प्रदान गरेका थिए । १९ जना माटिकोरे टोलबासीबाट राहत संकलन गरेर उद्योगका प्रोपाईटर राईलार्इ राहत रकम प्रदान गरिएको माटिकोरेका स्थानीय डम्बर बहादुर खत्रीले बताए ।

    गतवर्षको ३१ चैतको बिहान ४ वजेतिरविधुत सर्ट भई आगलागी हुँदा तयारी फर्निचर सामग्री र फर्निचरको कार्यालय जल्दा ५० लाख ८६ हजारको क्षति भएको थियो ।

    प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - १९:३९:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको