• ट्रेण्डिङ:

प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए 

प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए 

रोदिक खबर

१३, बैशाख २०७८
  • 2.2K
    SHARES
  • प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए 

    विराटनगर । प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११४,झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १/१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरि ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २/२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १/१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १/१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४/४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १/१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १/१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६  पुगेको छ । संक्रमित मध्ये  २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - १९:१७:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको