खोटाङ । पानीसँगै परेको चट्याङले हानेर घर क्षती भएको परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ । बुधबार साँझ असिनापानीसँगै चट्याङले हानेर रावाबेंशी गाउँपालिका वडा नम्बर–६ हौंचुर भैसेका ज्ञानबहादुर खड्कालाई रावाबेसी गाउँपालिकाले घर मर्मतपछि लाग्ने जस्तापाता, त्रिपाल, ९० केजी चामल, एक काटन तेल, ५ केजी नुन, ५ केजी दाल राहत स्वरुप उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
खड्काको माटोले बनेको फुसको छाना भएको ३ तले घरमा चट्याङ परी आगलागी भइ घर पूर्णरुपमा जलेर नष्ट हुँदा घरमा भएको अन्नपात,लत्ताकपडा, सुन ५ तोला, चादी ३० तोला, नगद ५० हजार गरि अनुमानित पन्द्र लाख २६ हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाईएको छ ।