• ट्रेण्डिङ:

 खोटाङमा क्रियाशिल सदस्यताको टुङ्गो लाग्यो, साढे ६ हजार बढिले पाए क्रियाशिल सदस्यता 

 खोटाङमा क्रियाशिल सदस्यताको टुङ्गो लाग्यो, साढे ६ हजार बढिले पाए क्रियाशिल सदस्यता 

रोदिक खबर

१६, बैशाख २०७८
  • 3.5K
    SHARES
  •  खोटाङमा क्रियाशिल सदस्यताको टुङ्गो लाग्यो,  साढे ६ हजार बढिले पाए क्रियाशिल सदस्यता 

    खोटाङ । नेपाली कांग्रेस खोटाङले पार्टीको क्रियाशिल सदस्यता टुङ्गो लगाएको छ । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि खोटाङ जिल्लाबाट ६ हजार ७३५ को क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड गरिएको छ। एक निर्वाचन क्षेत्र र दुई प्रदेश क्षेत्र रहेको जिल्लाबाट १३ औं महाधिवेशन भन्दा १४ औं महाधिवेशनका लागि क्रियाशिल भर्नेको संख्या दोव्वर भएको कांग्रेसले जनाएको छ।

    खोटाङ प्रदेश (क) बाट नयाँ तर्फ १ हजार ८५० र नविकरण १ हजार ३१६ जना र प्रदेश ९ख० बाट नयाँ तर्फ १ हजार ९७८ र नविकरण १ हजार ५९१ जनाको क्रियाशिल पार्टीको वेबसाइटमा अपलोड गरिएको नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले जानकारी दिए ।

    एक निर्वाचन क्षेत्र र दुई प्रदेश क्षेत्र रहेको जिल्लामा कांग्रेसका कार्यकर्ताले उत्साहका साथ क्रियाशिल सदस्यता फारम भरेको कांग्रेसले दावी गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्य समितिहरूले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो।

    कांग्रेसको विधान, नवौं संशोधन ९विसं २०७५ फागुन १२ गते० मा साधारण सदस्य र क्रियाशील सदस्य गरी दुई किसिमका सदस्यताको व्यवस्था गरिएको छ। कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फाराम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्य समितिको कार्यालयमार्फत तोकिए बमोजिमको शुल्कसहित आवेदन गर्न सक्ने व्यवस्था छ ।

    कांग्रेसले १४ औँ महाधिवेशनका लागि पार्टीको गाउँरनगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँपालिका रनगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते तोकेको छ।

    यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ५ गते, प्रदेश अधिवेशन साउन १२ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण छ ।

    प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - २३:०९:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको