खोटाङ । खोटाङको कांग्रेस नेतृ बिमला राई संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञ नियुक्त भएकी छन् ।
हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख रहेकी राई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत डा. रुद्र शर्मा संयोजक रहेको संघीयताको सवलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञका रुपमा नियुक्त भएकी हुन् ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेतृ राईलाई विज्ञ नियुक्ति गरेको पत्र पठाएका छन् ।
नियुक्ति पत्रमा ‘प्रतिष्ठान प्रमुख, कार्याकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा बसेर सम्वन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन’ भनिएको छ । नेतृ राई स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्ष पनि हुन् ।