• ट्रेण्डिङ:

खोटाङका एकसहित १ नम्बर प्रदेशमा ११ पत्रकारमा कोरोना संक्रमण

खोटाङका एकसहित १ नम्बर प्रदेशमा ११ पत्रकारमा कोरोना संक्रमण

रोदिक खबर

१८, बैशाख २०७८
  • 4.0K
    SHARES
  • खोटाङका एकसहित १ नम्बर प्रदेशमा ११ पत्रकारमा कोरोना संक्रमण

     खोटाङ । खोटाङका एक पत्रकारमा कोरोना संक्रमण पूष्टि भएको छ । कोभिड–१९ बाट संक्रमण भएको पूष्टि भएपछि उनको हाल कोशी कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । संक्रमित पत्रकार चार दिनअघि अस्पताल भर्ना भएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    उनी बिरामी भएको तीन दिनपछि अस्पताल भर्ना भएका हुन् । केही समय अघिदेखि बिराटनगर बस्दै आएका उनको आइसियूमा राखेर उपचार भइरहेको महासंघले जनाएको छ । 

    पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमका अनुसार १ नम्बर प्रदेशमा ११ जना पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । झापाका ४ जना, मोरङका ३ जना, ओखलढुंगाका २ जना, सुनसरीका १ जना पत्रकार रहेका छन् । 

    प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १७:२५:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको