• ट्रेण्डिङ:

खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टि 

खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टि 

रोदिक खबर

१९, बैशाख २०७८
  • 3.7K
    SHARES
  • खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टि 

    खोटाङ । खोटाङका थप एक जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । प्रदेश नम्बर १ मा आइतबार ४१७ जनालाई कोरोना संक्रमण पूष्टि हुँदा हलेसी तुवाचुङ नगरपालिकाका एक जनालाई संक्रमण पूष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितको नाम र ठेगाना खुलाएको छैन ।

    तुवाचुङ नगरपालिका ठेगाना भइ हाल तराईमा बसोबास गरिरहेका व्यक्तिलाई कोरोना संक्रमण भएको पूष्टि अनुमान गरिएको छ । 
    आइतबार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा मोरङका २४२, सुनसरीका ६९, झापाका ४४, तेहथुमका ५, संखुवासभाका ४, उदयपुरका ३, इलामका २, धनकुटाका १ जना र प्रदेश नम्बर १ बाहिरका ४६ जनालाई संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ ।

    संक्रमित भएकामध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको मन्त्रालयले जनाएको छ । 

    यसअघि गत बैशाख १२ गते र बैशाख ७ गते पनि जिल्ला बाहिर बसोबास गरिरहेका खोटेहाङ गाउँपालिकाका एक÷एक जनालाई कोरोना संक्रमण भएको पूष्टि भएको थियो । 

    प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - २०:०६:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको