• ट्रेण्डिङ:

खोटाङमा पुःन थपिए दुई संक्रमित 

खोटाङमा पुःन थपिए दुई संक्रमित 

रोदिक खबर

२१, बैशाख २०७८
  • 4.1K
    SHARES
  • खोटाङमा पुःन थपिए दुई संक्रमित 

    खोटाङ । खोटाङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टि भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । संक्रमण पुष्टि भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ । 

    पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने पेशाले चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तिको पनि एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको नगरप्रमुख रिजालले बताए ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण सुरु गरिएको हो । सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १५:५२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको