• ट्रेण्डिङ:

बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको सेवा बन्द

बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको सेवा बन्द

रोदिक खबर

२२, बैशाख २०७८
  • 3.6K
    SHARES
  • बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको सेवा बन्द

    खोटाङ । बेड भर्ना भएका बिरामीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

    चार दिनअघि भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीको एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

    अन्तरंग विभावमा भर्ना भएका बिरामीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत संक्रमणको आशंका गरिएकाले स्वास्थ्यकर्मीको एन्टिजेन परीक्षण गर्नका लागि बुधबारदेखि अस्पतालबाट प्रवाह हुने नियमित ओपीडी सेवा, प्रशासन तथा आर्थिक प्रशासनसँग सम्वन्धित सेवाहरु अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द गरिएको जनाइएको छ ।

    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बुधबार जारी गरेको सूचनामा अस्पतालबाट आकस्मिक सेवा तथा प्रशुती सेवा मात्र सञ्चालन हुने उल्लेख छ । संक्रमित बिरामीलाई हाल अस्पतालकै कोभिड १९ आइसोलेसन कक्षमा राखिएको छ । 

    hospital.jpg

    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १३:३९:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको