• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

रोदिक खबर

२२, बैशाख २०७८
  • 2.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । साढे ८ हजार बढी संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४७५ जनाको मृत्यु भएको छ ।

    कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    सबैभन्दा धेरै काठमाडौंमा २ हजार ८४९, रुपन्देहीमा ६८०, बाँकेमा ५९१, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै कास्कीमा २८४, झापामा २६९, चितवनमा २१३, मोरङमा २०६, सुर्खेतमा १५४, पर्सामा १५२, धनुषामा १४७ र कैलालीमा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै कैलालीमा १४५, कञ्‍चनपुरमा १४०, पाल्पा ११५, नुवाकोटमा ११२, सुनसरीमा १०७, मकवानपुरमा १०५, काभ्रेपलाञ्चोकमा ९६ र तनहुँमा ६३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै महोत्तरी र सिन्धुलीमा ५५/५५ जना, धादिङमा ५४, बर्दियामा ४७, बारामा ४६, नवलपरासी पश्‍चिम र बैतडीमा ४४/ ४४ जना, डोटीमा ४०, नवलपरासी पूर्वमा ३९, अर्घाखाँचीमा ३८, दैलेख ३४, सिरहामा ३३, म्‍यादीमा ३०, रौतहट र गोरखामा २८/२८ जना कोरोना संक्रमित भएका छन् ।

    यस्तै अछाममा २३, कपिलवस्तुमा २४, सर्लाहीमा २१, धनकुटामा २०, रसुवा र गुल्मीमा १९/१९ जना, पर्वतमा १८, सप्तरीमा १६, सिन्धुपाल्चोकमा १५, रामेछापमा १३, दोलखा १२, इलाम र सल्यानमा ११/११ जना तथा म्‍याग्दी र डडेल्धुरामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै संखुवासभामा ९, बागलुङमा ८, उदयपुर र सोलुखुम्बुमा ७/७ जना, ओखलढुंगा, खोटाङ र जुम्लामा ६/६ जना, भोजपुरमा ५, प्‍युठान र सल्‍यानमा ४/४ जना, रोल्पा र बझाङमा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङ, रूकुम पुर्व र कालिकोटमा २/२ जना तथा पाँचथर, जाजरकोट र रूकुम पश्‍चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै ९ वर्ष मुनिका २१३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १८:०५:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको