• ट्रेण्डिङ:

खोटाङमा संक्रमितको संख्या १७ पुग्यो 

खोटाङमा संक्रमितको संख्या १७ पुग्यो 

रोदिक खबर

२४, बैशाख २०७८
  • 3.4K
    SHARES
  • खोटाङमा संक्रमितको संख्या १७ पुग्यो 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका थप चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसअघि ९ जनालाई संक्रमण पुष्टि भइसकेको नगरपालिकामा बिहिबार पाँच जनाको एन्टीजेन परीक्षण गर्दा चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ३६ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३८ वर्षीय महिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन एवं स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।

    चार जना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक जना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चालक छन् । दुई जना भने काठ्माण्डौंबाट केही समयअघि गाउँ आएको खुलेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । 

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या १४ र जिल्लाभरीको संक्रमितको संख्या १७ जना पुगेको छ । जनस्वास्थ्य अधिकृत लामीछानेका अनुसार यसअघि साकेला गाउँपालिकामा दुई जना र जन्तेढुंगा गाउँपालिकामा एक जनालाई पनि कोरोना संक्रमण पूष्टी भइसकेको छ ।

    पछिल्लो समय जिल्लामा दिनानुदिन कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । नगरपालिकाका संक्रमितमध्ये दुई जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा तथा अन्य १२ जनालाई होम आइसोलेसनमा राखिएको नगरप्रमुख रिजालले बताए । 

    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:४२:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको