• ट्रेण्डिङ:

बाँकेमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु

रोदिक खबर

२५, बैशाख २०७८
  • 1.7K
    SHARES
  • बाँकेमा उपचाररत थप  पाँचजना कोरोना संक्रमितको मृत्यु

     काठमाडौं ।  कोरोना संक्रमणबाट बाँकेमा पछिल्लोपटक पाँचजनाको मृत्यु भएको छ। मृतकहरू तीन पुरूष र दुई महिला रहेका छन्।मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ ।

    यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ । बाँकेभन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३१ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - ०९:५५:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको