• ट्रेण्डिङ:

१९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

१९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२५, बैशाख २०७८
  • 3.1K
    SHARES
  • १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं : संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

    १९ जना सांसदमध्ये एक जना राष्ट्रियसभा सदस्य रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। २ सय ५ जना सांसद र सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरी १ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो।

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १५:४०:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको