• ट्रेण्डिङ:

खोटाङमा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि 

खोटाङमा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि 

रोदिक खबर

२५, बैशाख २०७८
  • 2.9K
    SHARES
  • खोटाङमा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५४ वर्षका पुरुष, ३६ वर्षका महिला, १० वर्षका बालक, ४३ वर्षका महिला र ३१ वर्षका महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

    बुइपाका ३६ वर्षका एक पुरुषलाई संक्रमण पुष्टि भएपछि शनिवार शंकास्पद १९ जनाको एन्टीजेन परिक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए । संक्रमितमध्ये ३६ वर्षका महिला र ४३ वर्षका महिला स्वास्थ्यकर्मी हुन् । 

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या १९ पुगेको छ । साकेला गाउँपालिकामा ८ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको जनाइएको छ ।

    हालसम्म जिल्लाभरीमा संक्रमितको संख्या २८ पुगेको जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए । पछिल्लो समय जिल्लामा दिनानुदिन कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । संक्रमितमध्ये २४ जना होम आइसोलेसनमा र ४ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:०२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको