• ट्रेण्डिङ:

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो

रोदिक खबर

२५, बैशाख २०७८
  • 2.7K
    SHARES
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो

    काठमाडौं – बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकबाट वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका व्यक्तिलाई मात्रै उपचार गर्ने निर्णय गरिएको छ ।

    आज शनिवार बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधनका क्रममा घोषणा गरे अनुसार वीर अस्पतालको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री ओलीले गरेको घोषणालाई आधार बताउँदै वीर अस्पतालले आफ्नो नयाँ भवनमा कम्तिमा ५०० शय्या सहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थापन गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:४७:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको