• ट्रेण्डिङ:

एमाले एकता टर्दै, माधवकुमार नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने

एमाले एकता टर्दै, माधवकुमार नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने

रोदिक खबर

२५, बैशाख २०७८
  • 3.7K
    SHARES
  • एमाले एकता टर्दै, माधवकुमार नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने

    काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात् बैशाख २६ गते राजिनामा दिने भएका छन् ।

    यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको नेपाल पक्षले जनाएको छ ।

    नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । शनिवार ओली इतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो ।

    जहाँ माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू सामेल थिए । यसबीचमा तह-तहमा भएका वार्तामा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीसँग सहमति बन्न नसकेपछि उनीहरू राजीनामा दिने तयारीमा पुगेका हुन् ।

    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २३:००:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको